जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा रिजाल

२०८१ चैत्र ७
जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा रिजाल

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको अध्यक्षमा सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल निर्वाचित भएका छन् । बुधबार चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलन सम्पन्नबाट रिजाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

सम्मेलनबाट संघको वरिष्ठ उपाध्यक्षमा सुदिप शर्मा, उपाध्यक्षमा केशरबहादुर रायमाझी र उद्धप्रसाद भट्टराई तथा महिला उपाध्यक्षमा पनाह अधिकारी निर्वाचित भएका छन् । यस्तै महासचिवमा सबनम मुखिया, उप माहासचिवमा सरस्वती घिमिरे, सचिवमा माधव पौडेल, अमिर दोग, रिमेश अधिकारी र कोषाध्यक्षमा राज बस्नेत निर्वाचित भएका छन् ।

५१ सदस्य केन्द्रिय कमिटी सदस्यहरुमा विशाङ तामाङ, रत्न श्रेष्ठ, अनिता भट्टराई, सरु ढुंगेल, मणि लिम्बु, सुरज आचार्य, डम्बरबहादुर बिक, केशर कार्की, सुरज खड्का लगायतका कलाकर्मीहरु निर्वाचित भएका छन् ।