Missing Movie Online

उत्कृष्ट मेकर हुने पुजाको चाहना

२०८१ भाद्र १६
उत्कृष्ट मेकर हुने पुजाको चाहना

चलचित्रमा पाइला चाल्नुअघि अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । टेलिभिजनमा काम गरिरहँदा चलचित्र ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजनबाट चलचित्रमा जम्प गरिन । यिनै पुजा सञ्चारकर्मीकै भूमिकामा चलचित्र ‘रावायण’मा देखिँदैछिन् । यो चलचित्र यसै साता अर्थात भदौ २१ गते रिलिज हुँदैछ ।

चलचित्रको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । ‘पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । चलचित्रमा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुती दिँदा पुरानो सम्झना आउँदो रहेछ । त्यतिबेला ‘अहो बिर्सेछु यार’ भन्ने फिलिङ आउँदो रहेछ’, चलचित्रकी ‘वैभवी’ पात्र पुजा भन्छिन् ।

पुजा आफ्नै कारणले ‘रावायण’को कथा अघि बढेको बताउँछिन् । ‘रावायणमा जे जति घटना भइरहेका हुन्छन्, ती सबैको कारण मै हुँ । चलचित्रमा हामीले एसिड आक्रमणदेखि लिएर देशमा मानिसहरुले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाएका छौं’, पुजा भन्छिन् ।

पुजाको भनाईमा उनलाई ‘उत्कृष्ट मेकर’ बन्नु छ । त्यो प्रयासमा आफूलाई ‘रावायण’ले सफल बनाउने उनको बुझाई छ । ‘रावायणबाट म कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु । म बेस्ट मेकर भएर आउँ, त्यसकै लागि दर्शकलाई ‘रावायण’ दिँदैछु । दर्शकलाई पनि पुजा शर्माले ल्याउँदा यस्को चलचित्र राम्रो रहेछ है भन्ने अनुभव होस् । म यसपटक मेकरका रुपमा मात्र फोकस छु’, पुजाको दाबी छ । ‘अब म मेकरको हिसाबले कुदिरहेकी छु । अभिनय र गर्नुपर्ने काम त गरिरहेको छु । तर मेरो बेस्ट चलचित्र कसरी बनाउने, कसरी भन्नेमा केन्द्रीत छु’, पुजा भन्छिन् ।

चलचित्र ‘रावायण’ नायिकासँगै निर्माता बन्दा पुजामाथि दोहोरो दबाब छ । त्यहीकारण उनले आगामी चलचित्रमा उनी एउटा मात्र विधा रोज्ने योजनामा छिन् । ‘कलाकार र निर्माता हुँदा दोहोरो दबाब हुँदो रहेछ । अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर । किनभने कलाकार र निर्माता दुवैको जिम्मेवारी लिइरहँदा चलचित्रको सेटमा म अभिनय गरिरहेकी छु, तर के भयो, कसो भयो भन्ने अर्को चिन्ता ममाथि थपिइरहेको हुन्छ । ‘रावायण’ले मलाई त्यो एउटा पाठ सिकायो’, पुजाको भनाई छ ।

सुर्दशन थापाको निर्देशन रहेको चलचित्र ‘रावायण’ यही २१ गतेबाट प्रदर्शन हुँदैछ ।

Jwai Sap
Aktor
Kumari Bank