Mansara

स्टारडमले दबाबमा राख्छ – पुजा शर्मा

२०७६ कार्तिक ५
स्टारडमले दबाबमा राख्छ – पुजा शर्मा

नेपालमा कमै नायिकाको मात्र स्टारडम देखिन्छ । नायिकाकै भरमा दर्शक हलसम्म आउने कुरा पनि विरलै भेटिन्छ । ति थोरै मध्येकी एक नायिका हुन पुजा शर्मा ।

शुरुवाति दिनमा पुजाको पनि स्टारडम देखिएको थिएन । तर, ‘प्रेम गीत’ पछि उनलाई पनि फर्केर हेर्न परेन । व्यवसायिक रुपमा सफलताको खुड्किलो चढ्दै गइन । अहिले त्यही स्टारडमले पुजालाई पनि थिचेको छ । अहिले चलचित्र सफल हुनुपर्ने दवाव छ उनमा ।

आफ्ना कारण पनि दर्शक हल सम्म आउछन् भन्दा त खुशी लाग्छ नै तर, पुजालाई ति दर्शकलाई कसरी खुशी बनाइराख्ने भन्ने कुराले पनि सताउँदो रहेछ । त्यसैले उनी प्रि–प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सनको समयमा पनि चलचित्र सफल हुनुपर्ने पुजाको शव्दमा भन्दा दर्शकको मन जित्नुपर्ने दबाबबाट बाहिर निस्कन सक्दिनन् । त्यही दबाबले सधै राम्रो काम गर्न प्रेरित गर्ने उनको भनाई छ । ‘पोइ पर्‍यो काले’लाई लिएर पुजा किन पनि थप चुनौति देख्छिन् भने प्रेमगीत पछि पहिलो पटक बाहिरी व्यानरमा काम गरेकी छिन् । यति मात्र होइन लभ स्टोरी चलचित्रमा हिट पुजा यसपटक कमेडी जनराको चलचित्रमा देखिदैछन् । त्यो पनि मल्टि क्यारेक्टरमा । उनको पात्रले चलचित्रमा एउटी युवति देखि हाउसवाइफ सम्मको यात्रा तय गरेको छ । पुजा चलचित्रमा आफुले पहिलेका भन्दा अझ बढी मेहनत गरेको भन्दै काममा चुनौति भएपनि शत प्रतिशत न्याय गरेको बताउँछिन् ।

निर्देशक शिशिर राणाले चलचित्रको कथा सुनाउँदा नै आफु लोभिएको भन्दै पुजाले यो चलचित्रले आफ्नो करियरमा इट्टा थप्ने विश्वास लिइन । पुजाले यसो भनिरहदा उनीसँगै थिए नायक आकाश श्रेष्ठ र निर्देशक राणा पनि । त्यसैले आकाश र पुजाको सम्बन्धबारे पनि प्रश्न उठिहाल्यो । पुजा शर्मा र आकाश श्रेष्ठ बिच प्रेम नै रहेको समेत चर्चा हुन्छ । यी दुई प्रेममा रहेको गसिप त फिल्मी बजारमा चलेकै छ सामाजिक सञ्जालमा फ्यानहरुले समेत ‘विवाह कहिले गर्ने ?’ भन्ने प्रश्न सोधिरहेका हुन्छन् । दर्शकले रुचाएको यो जोडी भने आफुहरु प्रेममा नरहेको बताउँछ । चलचित्रमा काम गर्न केमेष्ट्रि मिल्नु पर्छ, पुजा आफुहरुको राम्रो चलचित्रका लागि नै भएको बताँछिन । उनले बाहिर हल्ला चलेजस्तो आफुहरु प्रेममा नरहेको तर, मिल्ने साथी भएको बताइन ।

चलचित्र ‘मधुमास’मा काम गर्दाको प्रसंग सम्झदै पुजाले केमेष्ट्रि कसरी जमाउने भन्ने कुरा नायक आर्यन सिग्देलबाट सिकेको जनाइन । मधुमासमा काम गर्दा आफु पनि केही लजालु र कम बोल्ने स्वभावको रहेको भन्दै उनले आर्यनकै कारण आफुमा बदलाव आउको समेत जनाइन । आर्यनबाट सिकेको राम्रो कुरा भन्दै उनले भनिन् – ‘मधुमासमा काम गर्दा आर्यन दाइले मलाइ को–स्टारसँगको केमेष्ट्री बुझाउनु भयो, दाई मसँग यसरी खुल्नु भयो कि मलाई एकदम सहज हुन थाल्यो । छायाँकन अवधीमा त मलाइ उहाँ नै मेरो ब्वाईफ्रेन्ड जस्तो लाग्थ्यो । तर, शुटिङ सकिएपछी आर्यन दाईको व्यबहारमा परिवर्तन आयो । अनि मैले बुझे यो त मलाई सहज बनाउन मात्र उहाँले गर्नु भएको व्यवहार थियो ।’ पुजाले यो कुरा आर्यनबाट सिकिनन् मात्र, आकाश माथी प्रयोग पनि गरिन् । त्यही कारण अहिले पनि आकाश र पुजाको केमेष्ट्रि राम्रो छ ।

पुजा र आकाशले पहिलो पटक ‘रामकहानी’मा एकसाथ काम गरेका थिए । ‘रामकहानी’मा आकाश लिने भएपछी पुजाले निर्देशक शिशिर राणा उनीबारे सोधेकी थिइन् । ‘आकाश कस्तो छ भनेर मलाइ पुजाले सोधिन्’ शिशिरले भने,–‘मैले काम गर्न निकै ठिक छ तर, कम बोल्छ भनेर भने ।’ चार–पाँच दिनपछि शिशिरले पनि छायाँकन सेट जोइन गरे । त्यति बेला उनी छक्क परे जब आकाश र पुजा एक आपसमा गजबले खुलेको देखे ।

‘तिमि सँग’मा साम्राज्ञी राज्य लक्ष्मी शाहसँग खासै नबोलेका आकाश पुजासँग किन घुलमिल भए त रु उनि भन्छन् ‘कम्फर्ट फिल्म गरे, सायद त्यसैले म नजिक भए होला ।’ बाल्यकाल देखि नै होस्टेलमा बसेर पढेका आकाश प्राय धेरैसँग खुल्दैनन् ।

यि दुई अभिनित चलचित्र ‘पोइ पर्‍यो काले’ कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँदै छ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा र आकाश सँगै सौगात मल्ल,श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । 

किरण नेपाली प्रस्तुतकर्ता, दिपक मनाङ्गे र सरोज नेपाली निर्माता र अमलादेवी राई कार्यकारी निर्माता हुन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ ।

Mahajatra