‘पुजार सार्की’ जेठ १० गते रिलिज हुने
चलचित्र ‘पुजार सार्की’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले शुक्रबार आगामी वर्षको जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन चलचित्रको विश्वव्यापी रिलिज घोषणा गरेको हो ।
चलचित्रका निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने स्पष्ट पारे । राउतले भने, “निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाह बमोजिमको कार्यतालिका अनुसार यो मिति तय गरिएको हो । हामीले नेपालसहित विश्वव्यापी रूपमा एकसाथ चलचित्र रिलिज गर्नुपर्ने र हाम्रो कार्य तालिका अनुसारको उपयुक्त मिति जेठ १० गते नै हुन आएको कारण सो मितिमा चलचित्र रिलिज हुनेछ ।”
निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । बिकास सुबेदीको लेखन रहेको चलचित्रमा आर्यन सिग्देल, प्रदिप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ । पोष्टरमा भने आर्यन, प्रदिप र पललाई मात्र स्थान दिइएको छ ।
सुवास भुसालको निर्माण रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको ब्याकराउण्ड स्कोर रहेको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora