Mansara

प्रदर्शन मिति तय गर्दै ‘पुरानो बुलेट’को गीत सार्वजनिक

२०७५ मंसिर १६

चैत्र १ लाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘पुरानो बुलेट’को गीत सार्वजनिक गरिएको छ । ‘मंसिर १५’ बोलको गीतमा अनुपबिक्रम शाही र बर्षा शिवाकोटी प्रस्तुत भएका छन् । उत्तमजंग लिम्बुको संगीत रहेको गीतमा उत्तमसँगै मेलिना राईको स्वर समावेश छ । प्रशान्त तामाङले कोरियोग्राफी गरेको गीतमा नेपाली मौलिकपन झल्काउन खोजिएको छ ।

भिषण राईको निर्देशन रहेको चलचित्रमा अनुप र बर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, बादल श्रेष्ठ, करण धिताल, शिरोमणी दवाडीलगायतका कलाकारको अभिनयमा रहेको छ ।

चलचित्रको कथा तथा पटकथा पनि निर्देशक भिषणको नै हो । चलचित्रलाई अशोककुमार राई, टिकाराम राई, बिरेन साम्बा र दिपेन लिम्बुले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्मातामा सन्तोष राई छन् । 

Mahajatra