Missing Movie Online

‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

२०८१ भाद्र १६
‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक गरिएको छ । आइतबार युट्युबमार्फत टिजर रिलिज गरिएको हो ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ । वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताको रुपमा छन् ।

सोसल–ड्रामा जनराको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

Jwai Sap
Aktor
Kumari Bank