‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक
चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । कोभिड १९ को महामारीकै समयमा अष्ट्रेलियामा रहेका नेपालीहरुले त्यहीबाट यो चलचित्रको निर्माण गरेका हुन । ‘पर्पला’ हरर जनरामा निर्माण भएको चलचित्र हो ।
मनोज अधिकारीको लेखक तथा निर्देशक रहेको चलचित्रलाई भानु प्रतापले निर्माण गरेका हुन् । पुकार गौतम, निखिला बुढाथोकी, रोजी पन्त, भानु प्रतापलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा अष्ट्रेलियन कलाकार ओल्गा तमराको पनि अभिनय रहेको छ ।
आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन् । अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् । चलचित्रमा रबिन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छबी अधिकारी र सरोज कुमार वाइबा निर्माता रहेका छन् । सरस्वती गौतम, शृजना ल्वागुन, भिम राज रसाइली, वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora