Missing: Kt Harayeko Suchana
Juna
Rangi

पुस्करलाल श्रेष्ठको सम्झनामा मिडिया अवार्ड

२०७६ पौष १८
पुस्करलाल श्रेष्ठको सम्झनामा मिडिया अवार्ड

मनोरञ्जन पत्रकारीतालाई व्यवसायिक धार दिने पत्रकार स्वर्गिय पुस्करलाल श्रेष्ठको नाममा अवार्ड स्थापना हुने भएको छ । कामना न्यूज पब्लिकेसन्स प्रालिका संस्थापक समेत रहेका श्रेष्ठको नाममा स्थापना गरिएको ‘पुस्करलाल मिडिया अवार्ड’ कामना फिल्म अवार्डको अवसरमा प्रदान गरिने पब्लिकेसन्स प्रमुख दिरेकलाल श्रेष्ठले जनाएका छन् । अवार्ड नेपाली मिडिया क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरुलाई प्रदान गरिने छ ।

यस्तै कामनाले नेपालमै पहिलो चलचित्र अवार्डका प्रणेता समाजसेबी तथा व्यवसायी भरतलाल श्रेष्ठको नाममा समेत अवार्ड स्थापना गरेको छ । भरतलालको नाममा स्थापित ‘भरतलाल ह्युम्यानिटेरियन अवार्ड’ समाज सेवामा उत्कृष्ट कार्यगर्नेलाई प्रदान गरिने जनाइएको छ । कामना फिल्म अवार्डस् २०७६ पुस १९ गते राजधानीमा आयोजना हुँदैछ ।

भरतलाल श्रेष्ठ तथा पुष्करलाल श्रेष्ठ नाताले पिता–पुत्र हुन् । लायन्स क्लबलगायतका समाजसेवी संस्थामा रहेर आजीवन सेवा पुर्याएका भरतलाल २०७२ सालमा दिवंगत भएका थिए भने पत्रकार पुष्करलाल श्रेष्ठको ६१ वर्षको अल्पायुमै गत वैशाख ४ गते निधन भएको थियो ।

Kumari Bank