Mansara

नेपाल आइडल रवि ओडको पहिलो गीत सार्वजनिक

२०७५ चैत्र २४
नेपाल आइडल रवि ओडको पहिलो गीत सार्वजनिक

दोस्रो नेपाल आइडल रवि ओडको पहिलो गीत सार्वजनिक भएको छ । यूट्युबमार्फत रविको ‘मिठो बोलीले...’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा हरि लम्सालको संगीत र कृष्ण केसीको शव्द रहेको छ । भिडियोलाई शिब बिकले निर्देशन गरेका हुन । शिबकै कोरियोग्राफी रहेको भिडियोमा एलिशा राई र गायक रविलाई  फिचर्ड गरिएको छ । रामेश्वर कार्कीको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन ।