शो बाँडफाँडमा बिभेद भएको भन्दै हलबाट उतारियो ‘राधा’
प्रदर्शनको चौथो दिनमै निर्माण पक्षले चलचित्र ‘राधा’लाई हलबाट उतारेका छन् । मंगलवार दिउँसो ललितपुरमा आकस्मिक पत्रकार सम्मेलन गर्दै मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएका कारण आजकै दिनबाट चलचित्र उतार्ने निर्णय गरिएको जनाइएको छ ।
रिलिजको चौथो दिन सम्म पनि कमजोर ब्यापार गरेको राधाको माउथ पब्लिसिटी भने अब्बल थियो । निर्मात्री दिवकी विष्टले प्रदर्शनको पहिलो दिनदेखि नै ‘राधा’लाई शो बाँडफाँडमा मल्टीप्लेक्सहरुले चरम विभेद गरेको र उपलब्ध शो पनि दर्शकका लागि अनुकूल समयमा नभएका कारण प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिइन् । तीजको दिन सार्वजनिक बिदा परेकोले दर्शकहरु हलमा बढी आउने प्रक्षेपण भएपनि हलहरुले शो घटाएके भन्दै उनले आक्रोस पोखेकि छिन ।
प्रदर्शकहरुबाट अपेक्षित सहयोग नमिलेको बताउँदै निर्देशक सुवर्ण थापाले नयाँ शैलीमा पुनः रिलिज गर्ने गरी अहिलेलाई चलचित्रको प्रदर्शन रोकेको बताए । चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
