Missing Movie Online

अमेरिकामै गरे राजबल्लभले ‘एक्टरः टेक वन’को डबिङ

२०८१ कार्तिक ६
अमेरिकामै गरे राजबल्लभले ‘एक्टरः टेक वन’को डबिङ

अभिनेता राजबल्लभ कोइरालाले अमेरिकामै चलचित्र ‘एक्टरः टेक वन’को डबिङ गरेका छन् । उनले मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको आरएल स्टुडियोमा डबिङ गरेका हुन् । उक्त स्टुडियोलाई पप गायक राजु लामाले सञ्चालन गर्दै आएका छन् ।

निर्देशक राजन भुसालसँगको सहकार्यका कारण यो डबिङ प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको कोइरालाले उल्लेख गरेका छन । चलचित्रमा कोइरालाका अलवा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौला, उषा रजक लगायतकोअभिनय रहेको छ । 

थमन कुमार भण्डारी निर्माता र मोती कार्की यसका क्रिएटिभ निर्माता रहेको चलचित्रका सह–निर्माता अनीश भुसाल हुन् । चलचित्र माघ १६ गते रिलिज हुने तयारीमा छ ।

Jwai Sap
Aktor
Kumari Bank