Mansara

‘राजा साहेब’ बुधबारबाट छायाँकनमा जाने

२०७६ श्रावन ७
‘राजा साहेब’ बुधबारबाट छायाँकनमा जाने

चलचित्र ‘राजा साहेब’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिचल किरातीको निर्देशन रहने चलचित्रमा रमित ढुंगाना, धिरेन शाक्य, जयकिशन बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतका कलाकारको मुख्य भूमिका रहने छ भने यही चलचित्रबाट दुई नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दैछन् ।

‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा बन्ने चलचित्रका कार्यकारी निर्माता शंकर न्यौपाने, आकाश राई र आइशा राई हुन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माता रहेको चलचित्रमा सिसम डागी सह–निर्माताको रुपमा रहेका छन् ।

बुधबारबाट छायाँकन शुरु हुने चलचित्रमा निर्देशक राईकै कथा पटकथा र संवाद, ओम सुनुवारको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, पवन गौतमको छायाँकन र समिर मियाँको सम्पादन रहने छ ।