Missing Movie Online

चैत्र १ मा ‘राजागंज’ नामबाट प्रदर्शन हुँदै ‘पूजा, सर’

२०८१ कार्तिक ६
चैत्र १ मा ‘राजागंज’ नामबाट प्रदर्शन हुँदै ‘पूजा, सर’

चलचित्र ‘राजागंज’को प्रदर्शन मिति घोषणा गरिएको छ । ‘पूजा, सर’ नाममा विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन भएको चलचित्र नेपालमा भने ‘राजागंज’ नामबाट रिलिज गरिने निर्माण टिमले जनाएको छ ।

मंगलबार निर्माण टिमले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै चैत्र १ गतेका लागि चलचित्रको नेपाल रिलिज मिति घोषणा गरेको हो । दीपक रौनियारको निर्देशन रहेको चलचित्रको कार्यकारी निर्मातामा बलिउडका सफल निर्देशक अनुराग कश्यप हालै मात्र जोडिएका थिए । चलचित्रलाई टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।

सोसल ड्रामा तथा एक्सनको चलचित्रमा आशा मगराती मुख्य भूमिका छिन् । चलचित्रमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको अभिनय रहेको छ ।

सत्य घटनाबाट प्रेरित रहेको चलचित्रको प्रदर्शन अधिकार स्वीट्जरल्यान्ड, जर्मनी, अस्ट्रिया यूके र आयरल्यान्ड जस्ता देशमा पनि बिक्री भइसकेको जनाइएको छ । चलचित्रले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

चलचित्रको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

Jwai Sap
Aktor
Kumari Bank