Missing: Kt Harayeko Suchana
Juna
Rangi

रेशम चौधरीको ‘कस्तो होला भाटु राजाको दरबार’

२०८० जेष्ठ २६
रेशम चौधरीको ‘कस्तो होला भाटु राजाको दरबार’

टिकटकमा अत्यधिक रुचाईएको गीत ‘कस्तो होला भाटु राजाको दरबार’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रेशम चौधरी र आभा मुकारुङको स्वर रहेको गीतमा रामचन्द्र बोगटीको शब्द र रेशम चौधरीको संगीत रहेको छ ।

थारु समुदायभित्रको रहन सहन, कला संस्कृतिलाई झल्काउन खोजिएको भिडियोमा राज गजमेर, अस्मिता तामाङ, एञ्जल श्रेष्ठ लगायतको अभिनय रहेको छ । सागर क्षेत्रीले निर्देशन गरेको भिडियोमा सविना भण्डारी र दिनेश एसकेको कोरियाग्राफी, श्याम लामा र प्रेम लामाको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोलाई कुमार कार्कीले निर्माण गरेका हुन् ।

Kumari Bank