देशमा सही मान्छेको जरुरी छ – हमाल
महानायक राजेश हमालले देशले बारम्बार गलत मान्छे पाएको टिप्पणी गरेका छन् । पछिल्लो राजनीतिक घट्नाक्रमबारे संक्षिप्त प्रतिक्रिया दिदै हमालले देशमा सही मान्छेको जरुरी रहेको बताएका हुन् ।
संचारकर्मीले ‘देशमा राजा आउने चर्चा छ नि’ भनेर सोधेको प्रश्नको जवाफ दिदै हमालले भने – ‘यो आउने, त्यो आउने भन्दा पनि देशमा सही मान्छे आउन जरुरी छ । यो देशले बारम्बार गलत मान्छे पाएको छ । सही मान्छे आउन जरुरी छ । व्यवस्था भन्दा पनि सही मान्छेको जरुरी हो ।’
सञ्चारकर्मीले हमाललाई गणतन्त्रमै सही मान्छे आवश्यक हो की राजा नै आउनु पर्ने भनी सोधेको अर्को प्रश्नमा हमाल केही कुटनैतिक सुनिए । उनले भने – ‘जनताले के सोच्नुपर्छ भने, हाम्रो सवारी साधनमा खराबी हो कि चालकमा खराबी हो । यो चाहिँ हामीले मनन गर्नुपर्छ । खराबी हाम्रो सवारीमा हो कि खराबी हाम्रो चालकमा हो ?’
हमालले अहिले हामी आफैले गरेको छनौट सही छ की छैन भने गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको जनाएका छन् । अहिले हामीले गरेको छनौटले कालान्तरमा देशलाई फाइदा पुग्नु पर्नेमा उनको जोड छ । आज हामीले लिएको निर्णयले १५–२० वर्ष पछिको पुस्ता नपछुताउने गरि निर्णय लिनु पर्ने उनको भनाई छ । उनले नेपाली जनताले व्यवस्था खराब हो की व्यक्ति भन्ने बारेमा गम्भिर भएर सोच्नुपर्ने बेला आएको समेत जिकिर गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
