आफ्ना अघिल्ला चलचित्र भन्दा ‘ईश्वर’ अब्बल भएको निर्देशक गिरीको दाबी
निर्देशक राजु गिरी निर्देशित चलचित्र ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो चलचित्र बनेको दाबी गर्छन् ।
राजुका अनुसार चलचित्रको नाम झट्ट सुन्दा धार्मिक भए पनि चलचित्रले धार्मिक कुरालाई उठान नगरेको बताउँछन् । ‘ईश्वर भन्नासाथ सबैले भगवान सम्झन्छन् । तर चलचित्रमा ईश्वर भनेको एउटा क्यारेक्टर हो । त्यो अहिले खुलाउन मिल्दैन । एउटा इमान्दार प्रहरीले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा एक नेताको पावरले जागिर छोड्नुपर्ने भएपछिको परिदृश्य चलचित्रमा छ’, राजु भन्छन् ।
राजुका अनुसार प्रहरीको जागिर छोडेपछि ‘ईश्वर’ पात्रले गाउँ गएर बर्दी बिनाको प्रहरीको काम गर्छ । ‘पेशाबाट ऊ अलग्गिए पनि गाउँमा उसले बर्दी बिनाको प्रहरी भएर काम गर्छ । उसले गाउँमा भ्रष्टचारी, घुसखोरीहरु विनाश गर्छ’, राजुले भने ।
राजु कन्टेन्टको हिसाबले अहिलेसम्मको आफ्नो चलचित्रहरु भन्दा ‘ईश्वर’ फरक रहेको दाबी गर्छन् । ‘समाजमा घटिरहेका राजनीतिक, भ्रष्टाचार, समाजमा बढ्दो जातीय छुवाछुतविरुद्धको कथा यसमा छ’, राजु भन्छन्, ‘ईश्वर जस्तो मान्छे प्रत्येक गाउँमा जन्मनुपर्छ । त्यस्तो मान्छे जन्मियो भने मात्र देशको विकास हुन्छ भन्ने सन्देश चलचित्रले दिन्छ ।’
चलचित्रको केही महिना अघि पोखरामा प्रिमियर गरिएको थियो । चलचित्र हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि आएका थिए । ‘उहाँ पाँच मिनेटका लागि मात्र चलचित्र हेर्न आउनु भएको थियो । तर पुरा चलचित्र हेरेर जानुभयो । चलचित्रको कथावस्तु आफूलाई मनपरेको बताउनुभयो’, राजुले सम्झिए ।
राजु ‘ईश्वर’ प्रत्येक जनता र नेताले हेर्नुपर्ने बताउँछन् । ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्नका लागि पनि यो चलचित्र हेर्नुपर्छ’, उनी भन्छन्, ‘मलाई यस्तो कन्टेन्टमा चलचित्र बनाउन सकें भनेर गर्व लागिरहेको छ ।’
देशलाई माया गर्ने दर्शकहरुले ‘ईश्वर’ हेर्नुपर्ने निर्देशक राजु दाबी गर्छन् । ‘चलचित्र हेरिसकेपछि दर्शकले देश बनाउने निकायमा हुने भ्रष्टाचारलाई अन्त्य गरौं, समाज रुपान्तरण गरौं भन्ने सन्देश पाउँछन् । चलचित्रले जो नेपाली हो, नेपालीले आफू नेपाल बनाउन र बचाउन सक्नुपर्छ भन्ने सन्देश दिन्छ’, उनले भने ।
Latest Updates
-
अमेरिकाका २० भन्दा बढी राज्यमा प्रदर्शन हुँदै ‘बेहुली फ्रम मेघौली’
-
चलचित्र ‘ह्रस्व दीर्घ’ नेपाल पनि नेपाली हिन्दी भाषामा रिलिज हुने
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 30)
-
Missing: Keti Harayeko Suchana
Director : Deependra Gauchan
Casts : Shristi Shrestha, Najir Hussain, Durga Sanjay Gupta, Ram Narayan Thakur, Madan Thakur