Mansara

सुजाताको डेब्यु गीत ‘राम साइला’ सार्वजनिक

२०७६ आषाढ १८
सुजाताको डेब्यु गीत ‘राम साइला’ सार्वजनिक

पत्रकार सुजाता खत्रीले गायनमा डेव्यु गरेकी छिन । उनको स्वरमा रहेको ‘राम साइला’ बोलको गीत सार्वजनिक भएको छ ।

लिरिकल भिडियो तयार गरि भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बीपी थापाको शब्द र मनोज चौलागाईंको संगीत रहेको छ भने लिरिकल भिडियोको सम्पादन प्रभात खनालले गरेका छन् ।

बिबि थापा इन्टरटेनमेण्टको प्रस्तुति रहेको गीत ‘प्रेम वर्ष’ एल्वममा समावेश छ ।