चलचित्र ‘रंगी’ को जापान अधिकार बिक्री
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’ को जापान अधिकार बिक्री भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रलाई युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन् । निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने केही खुलाएको छैन । चलचित्र आगामी फागुन २ गते रिलिज हुँदैछ ।
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार चलचित्रले बाबुछोरीको कथा देखाउनेछ । चलचित्र ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । ‘नेपाली बाबु’बाट बाल कलाकारका रुपमा पाइला चालेका सलोनले चलचित्र ‘होस्टल’ देखि ‘हिरो’का रुपमा अभिनय गरेका हुन् ।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन र कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora