Missing Movie Online

चलचित्र ‘रंगी’को छायाँकन सुरु

२०८१ कार्तिक ६
चलचित्र ‘रंगी’को छायाँकन सुरु

चलचित्र ‘रंगी’को छायाँकन सुरु भएको छ । सलोन बस्नेतको प्रस्तुति रहने चलचित्रको मंगलबारबाट छायाँकन शुरु भएको हो ।

सुरेश न्यौपानेको निर्देशन रहने चलचित्रमा सलोनका साथै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ । सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत र कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहने छ ।

Jwai Sap
Aktor
Kumari Bank