Jwai Sap
Khusma

चलचित्र ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

२०८१ असोज ५
चलचित्र ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

चलचित्र ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज छ ।

सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भइसकेकी छन् । मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही चलचित्र मार्फत निर्देशनमा ‘डेब्यू’ गर्दैछन् ।

सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ । सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । चलचित्रमा सौरभ लामा छायाँकारका रुपमा अनुबन्धित भइसकेका छन् ।

Devi
Rawayan