Mansara

‘रणवीर’को एउटै गीत खिच्न २५ लाख खर्च !

२०७५ मंसिर २२
‘रणवीर’को एउटै गीत खिच्न २५ लाख खर्च !

चलचित्र ‘रणवीर’को गीत ४ दिन लगाएर छायाँकन गरिएको छ । काठमाण्डौको नक्सालस्थित बालमन्दिरमा बिहेको सेट लगाएर ‘तिरिमिरी तिरिमिरी तिनतारा’ बोलको गीत खिचिएको छ । गीतमा राजनराज सिवाकोटी शब्द, संगीत र स्वर छ । गीतमा राजनसंगै अन्जु पन्तले पनि स्वर दिएकी छिन । रामजी लामिछानेले यो भिडियोको कोरियोग्राफी गरेका छन् ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु सुशिल सिटौला, शुभेच्छा खड्का, सुपुष्पा भट्टको अभिनय छ । यसै चलचित्र मार्फत अभिनयमा डेब्यु गरिरहेका शुभेच्छा र सुपुस्पाले नेपाली टिपिकल ड्रेसमा आफुलाई प्रस्तुत गरेका छन् ।

निर्माता मध्येका एक दिपेन्द्र रेग्मीले करिब २५ लाख खर्च गरेर यो गीत तयार पारिएको बताए । चलचित्रमा दिपेन्द्रसँगै गोमा बिष्टको पनि लगानी छ । माघ १८ मा रिलिज हुने फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ ।

Mahajatra