‘रातो टिका निधारमा’ले कलाकारलाई खुवायो दर

लेन्सनेपाल २०७६ भाद्र १४
‘रातो टिका निधारमा’ले कलाकारलाई खुवायो दर

चलचित्र ‘रातो टिका निधारमा’ निर्माण कम्पनीले कलाकारहरुलाई तीजको दर खुवाएको छन् । कलाकारहरु बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, खुस्बु खड्का, जयनन्द लामा, अंकित शर्मा, रविन्द्रा झा र निर्देशक शर्मा लगायतको टिमले आत्मियता बाड्दै दर खाएका हुन् ।

कलाकारले एक अर्कालाई दर खुवाउँदै तीज २०७६ को शुभकामना पनि आदान प्रदान गरे । असोज १० गते रिलिज हुने ‘रातो टिका निधारमा’ले यसपटकको दशैँमा दर्शकलाई पूर्ण मनोरंजन दिने निर्देशक शर्माले बताए ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।


Know more about Rato Tika Nidharma's Full Cast


Know more about Rato Tika Nidharma's Full Crew


For more News about Rato Tika Nidharma


Do Watch Rato Tika Nidharma's Songs