असोज १० मा प्रदर्शन हुने भो ‘रातो टिका निधारमा’
अन्ततः चलचित्र ‘रातो टिका निधारमा’ले आधिकारिक रुपमा प्रदर्शन मिति घोषणा गरेको छ । यसअघि दशैंको अवसरमा प्रदर्शन हुने भनिए पनि मिति भने तय थिएन । अब भने यो चलचित्र असोज १० गते प्रदर्शन हुने पक्का भएको हो । असोज १२ गते आइतबार घटस्थापना हो । घटस्थापनासँगै नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाड दशैँ सुरु हुन्छ ।
अशोक शर्मा निर्देशित यो चलचित्र यस वर्षको प्रतिक्षित मध्येको एक हो । चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र अंकित शर्माको मुख्य भुमिका रहेको छ । उनीहरुका अलवा बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, नीता ढुङ्गाना, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय रहेको छ । अंकितको यो डेब्यु चलचित्र हो ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora