रातो टिका निधारमा’को शिर्ष गीत सार्वजनिक
चलचित्र ‘रातो टिका निधारमा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीत सन् १९९७ को चलचित्र ‘अल्लारे’को सुपरहिट गीत ‘रातो टिका निधारमा’को रिमेक भर्सन हो ।
शम्भुजित बाँस्कोटाको संगीत रहेको ओरिजिनल भर्सनमा सहदेव ढुंगानाको शब्द र उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको थियो । रिमेक भर्सनमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । ओरिजिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले कम्मर मर्काएका थिए भने रिमेक भर्सनमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माले नृत्य गरेका छन् । यस्तै ओरिजिनल भर्सनमा कमल राईको कोरियोग्राफी थियो भने यसमा बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।
अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’ दशैँको अवसर पारी असोज १० गतेबाट प्रदर्शनमा आउँदैछ । किरण शर्मा र कृति शर्माले निर्माण गरेको चलचित्रमा साम्राज्ञी र अंकितसँगै बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।
ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri