Mansara

ऋचाको भिडियो सन्देश : हृदयघात भएको होइन, म ठिक छु

२०७५ माघ ३
ऋचाको भिडियो सन्देश : हृदयघात भएको होइन, म ठिक छु

अभिनेत्री ऋचा शर्माले भिडियो सन्देश जारी गर्दै आफुलाई हदयघात नभएको जनाएकी छिन ।

छाति दुखेर नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेकी ऋचालाई हृदयघात भएको खबर एकाएक फैलिएपछि उनले शुरुमा समाजिक सञ्चाल फेसबुकमा स्टाटस लेखेर आफुलाई हृदयघात नभएको र समान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको जनाएकी थिइन । यद्यपी उक्त खबर नरोकिएपछि उनले भिडियो सन्देश मार्फत नै आफु स्वस्थ रहेको जानकारी दिएकी हुन ।

अपस्तालको बेडबाट भिडियो सन्देश जारी गरेकी ऋचाले आफुलाई निकै फोन र म्यासेजहरु आइरहेको भन्दै स्वास्थ्य लाभको कामना गर्ने शुभचिन्तकहरुलाई धन्यवाद समेत दिएकी छिन ।