Khusma
Devi
Rawayan

रेखाको तीज गीत ‘नाचौंन नाचौंन’ सार्वजनिक

२०७७ श्रावन २२
रेखाको तीज गीत ‘नाचौंन नाचौंन’ सार्वजनिक

नेपाली चलचित्रको पहिलो महिला संगीतकारका रुपमा परिचित रेखा पौडेलको तीज गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘नाचौंन नाचौंन’ वोलको गीतमा डा. कृष्णहरी बरालको शब्द, रेखा पौडेलको स्वर र उनकै संगीत रहेको छ ।

ओम श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा ओमकै कोरियोग्राफी, सन्तोष तिमिल्सिनाको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ । भिडियोमा नितु कोईराला, सुशिला थापा र रेखा पौडेलको नृत्य तथा अभिनय रहेको छ ।