चलचित्र ‘रे’ को गीत सार्वजनिक

चलचित्र ‘रे’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सागरमाथि’ बोलको गीतमा मेलिना राई र ओम सुनारको स्वर, राजेन्द्र त्रिपाठीको शब्द र ओम सुनारकै संगीत रहेको छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
दिनेश पौडेलको निर्देशन रहेको चलचित्रमा उनकै कथा रहेको छ । ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि चलचित्रको कथा केन्द्रित भएका निर्देशक पौडेलले जनाएका छन् । चलचित्रमा एक्सन, लभ, रोमान्स, कमेडी जस्ता सबै मसला रहेको उनको भनाई छ ।
चलचित्रमा दिवश धिताल, सुजता थापा, सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाईलगायतका कलाकारहरुको अभिनय रहेको छ । सगुन फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेन्द्र त्रिपाठीको लगानी रहेको छ । चलचित्र असार २७ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।
Latest Updates
-
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११
-
-
-
अमेरिकामा छायाँकन गरिएको ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक, सिचुएशनल कमेडी–ड्रामा
-
-
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel