दयाहाङ र रिस्माको मुख्य भूमिका रहने चलचित्र ‘रिमै’ निर्माणको घोषणा

२०८० मंसिर १७
दयाहाङ र रिस्माको मुख्य भूमिका रहने चलचित्र ‘रिमै’ निर्माणको घोषणा

चलचित्र ‘रिमै’ निर्माणको औपचारिक घोषणा गरिएको छ। उपेन्द्र सुब्बाको लेखन र खिल बहादुर गुरुङको निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, रिश्मा गुरुङ र रिवल घलेको अभिनय रहने छ । ‘कबड्डी’ सिरिजका दुई श्रृखलामा एकसाथ देखिएका दयाहाङ र रिश्मा ८ वर्ष पछि पुनः एकसाथ देखिन लागेका हुन् ।

गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रको कार्यकारी निर्मातामा टिका गुरुङ्ग, प्रकाश गुरुङ, जित यात्री गुरुङ र सचि कुमारी घले रहेका छन्। दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा चलचित्रमा सहनिर्माताका रुपमा रहनेछन्।

चैत्रबाट छायाँकन शुरु हुने चलचित्र २०८१ सालको तीजमा प्रदर्शन गर्ने निर्माण टिमको लक्ष्य रहेको छ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)