गायक तथा संगीतकार बप्पी लहिरीको निधन
भारतिय गायक तथा संगीतकार बप्पी लहिरीको निधन भएको छ । लहिरीको उपचारको क्रममा मुम्बईको क्रिटी केयर अस्पतालमा ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो । यद्यपी डिस्चार्जको केही समयमा नै उनलाई पुनः अस्पताल लगिएको थियो ।
लहिरी बलिउड चलचित्रमा डिस्को थिमका गीत सृजनामा अब्बल मानिन्थे । उनका ‘चलते चलते’, ‘डिस्को डान्सर’ गीत हिट छन् । पछिल्लो पटक सन् २०२० मा चलचित्र बागी–३ को गीतका उनले संगीत दिएका थिए । उनले केही नेपाली गीत पनि गाएका छन् ।
लहिरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora