भजन शिरोमणी भक्तराज आचार्यको निधन
भजन शिरोमणी भक्तराज आचार्यको निधन भएको छ । ८२ वर्षीय आचार्यको सोमबार अपराह्न साढे ४ बजेतिर अचानक स्वस्थ्य अवस्था बिग्रिएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको जानकारी प्राप्त भएको छ ।
उनको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी भइरहेको जानकारी प्राप्त छ । २०४६ मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनी गाउन नसक्ने भएका थिए । दशैंको समयमा लडेर टाउकोमा चोट लगेपछि आचार्य घरमै आराम गर्दै आइरहेका थिए ।
बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ गते धनकुटामा जन्मिएका आचार्य बिशिष्ठ गायक तथा संगीतकार हुन् । उनी वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा प्रथम भएपछि रेडियो नेपालमा जागिरे भएका थिए । वि.सं. २०४६ सालसम्ममा आचार्यले साढे चारसय गीत रेकर्ड गरिसकेका थिए । उनले गजल, भजन, राष्ट्रिय गीत र बालगीत समेत गाएका छन् ।
आचार्यको ‘मुटु जलिरहेछ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको’, ‘जति चोट दिन्छौ’ लगायत गीत कालजयी छन् । उनको जीवनीमा आधारित भएर चलचित्र ‘आचार्य’ समेत बनेको छ । ११ वर्ष अगाडि निर्माण भएको चलचित्रमा उनकै जेठा सत्यराज आचार्यले मुख्य भूमिका निर्वाह गरेका छन् ।
Latest Updates
-
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट
-
अवार्डको छनोट प्रकृया, विश्वसनियता माथी अमेरिकी दुतावासको चासो
-
दर्शकबाट 'एक्टर: टेक टु'को माग, शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora