चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन, यस्तो छ स्वर्गिय भट्टराईको जीवनी
चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आईतबार राती करिब १०:३० बजे उनको निधन भएको हो ।
स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै गर्दा निधन भएको जनाइएको छ । काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उनको निधन भईसकेको अस्पताल जनाएको छ । यद्यपी निधनको कारण भने खुलाएको छैन ।
स्वर्गिय भट्टराईको सोमबार विहान त्रिभुवन शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ ।
सन् १९६८ नोभेम्बर १९ मा ओखलढुङ्गामा जन्मिएका भट्टराई सन् १९८८ बाट चलचित्र क्षेत्रमा कृयाशिल छन् । ३१ वर्ष लामो चलचित्र यात्रको क्रममा भट्टराईले ५० भन्दा बढी चलचित्रमा काम गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा कलाकार र निर्माताको रुपमा भट्टराई परिचित छन् ।
सन् १९९० मा प्रदर्शन भएको चलचित्र कोसेली उनी अभिनित पहिलो चलचित्र हो भने सन् २००१ को चलचित्र आफ्नो मान्छेबाट निर्माणमा हात हालेका थिए । आठ चलचित्र निर्माण गरिसकेका भट्टराई पछिल्लो समय चलचित्र विकास बोर्डका अध्यक्ष थिए ।
विभिन्न अवार्ड तथा सम्मानद्वारा सम्मनित भट्टराई चलचित्र क्षेत्रमा मिलनसार र बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन् । सबैलाई मिलाएर लान सक्ने र त्याग गर्न सक्ने उनको खुबी हो ।
यस्तो छ स्वर्गिय भट्टराईको जीवनी
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora