संगीतकार मदन दीपविमको निधन

संगीतकार मदन दीपविमको निधन भएको छ । सोमबार उनको हृदयाघातको कारण निधन भएको परिवारले जनाएको छ । इलाममा जन्मिएका दीपविम पछिल्लो समय छोरी ममता दीपविमसँग अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए ।
दिपविमले सन् २००२ को चलचित्र ‘माया बैगुनी’मा संगीत गरेका थिए । दिपविमले संगीत भरेका ‘सुरिलो रुख सल्लै हो’, ‘तिम्रै यादमा कल्पी कल्पी’, ‘झस्केर दुख्छ’ ‘के भूल भयो प्रीया’ जस्ता थुप्रैगीतहरु चर्चित तथा कलाजयी छन् । उनी रेडियो नेपालमा जागिरे समेत थिए ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi