गायक तथा संगीतकार योगेश वैद्यको निधन

गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति ७७ वर्षको उमेरमा निधन भएको हो । बैद्यको काठमाडौं भ्याली अस्पताल सुन्धारामा उपचारको क्रममै निधन भएको हो ।
बैद्यका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू चर्चित छन् । बैद्यले गाएका नेपाल भाषाका गीत पनि उत्तिकै लोकप्रिय छन् ।
वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट अवकाश भएका थिए ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral