बाल मनोविज्ञानमा ‘रोल नं १’ निर्माण हुने
बाल मनोविज्ञानमा आधारित रहेर चलचित्र ‘रोल नं १’ निर्माण हुने भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुती रहने चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
चलचित्रमा जोन योञ्जनको कथा र निर्देशन रहनेछ । फस्टलुकमा कक्षाकोठामा लास्ट बेन्चबाट एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको छ । उसको पृष्ठभूमिमा निलो सर्ट लगाएका विद्यार्थी र उनीहरुलाई पढाईरहेकी एक शिक्षिका देख्न सकिन्छ ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आइसकेको छ । यो व्यानरको अर्को चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ पुरा भई यतिबेला पोस्ट प्रोडक्सनमा छ ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora