Mansara

रोज लिएर हङकङ पुगिन मिरुना

२०७५ कार्तिक १०
रोज लिएर हङकङ पुगिन मिरुना

चलचित्र रोजको प्रदर्शनमा सहभागी हुन अभिनेत्री मिरुना मगर हङकङ पुगेकी छिन । अक्टोबर २८ अर्थात आइतबार साँझ ७ः३० बजे ग्राण्ड ओसन सेन्टरमा चलचित्र प्रदर्शन हुँदैछ ।

भदौ २२ मा नेपालमा प्रदर्शनमा आएको चलचित्रलाई हङकङमा किङ्स इभेन्ट्स हङकङले प्रदर्शन गर्न लागेको हो । शो मा सहभागी हुन अभिनेत्री मगर सहित प्रोडक्सन डिजाइनर बुद्धीलाल मगर पनि हङकङ पुगेका छन् ।


निरक पौडेल निर्देशित चलचित्र रोजमा प्रदीप खड्का, मिरुना मगर र परमिता आर एल राणाको मुख्य भूमिका रहेको छ । चलचित्रलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन् ।