Mahajatra

चलचित्र ‘रुमालै छ चिनो’को गीत सार्वजनिक

२०७५ कार्तिक १०
चलचित्र ‘रुमालै छ चिनो’को गीत सार्वजनिक

चलचित्र ‘रुमालै छ चिनो’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गरिएको ‘ए माया’ बोलको गित सार्वजनिक भएको छ ।

गीतमा कलाकार सुशान्त कार्की र अप्सना थापाको अभिनय छ । गीत लोक शैलीमा निर्माण गरिएको छ । भिडियोमा सागर लामाको कोरियोग्राफी, बिनोद सापकोटाको छायाँकन र शिब थारुको सम्पादन रहेको छ ।

चलचित्रको कथा रेशम थापाको हो । कुनै समय निकै चर्चामा रहेको थापाकै लोक गित रुमालै छ चिनोबाट चलचित्रको नाम राखिएको छ । चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अप्सना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले निर्माण गरेका हुन् भने दिनेश सिंह ठकुरीको निर्देशन रहेको छ । गीतमा अर्जुन पोखरेल र अन्जु पन्त स्वर रहेको छ । गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलकै रहेको छ ।