रुपकको स्वरमा 'कस्तो मायालु' सार्वजनिक

लेन्सनेपाल २०७६ श्रावन १५
रुपकको स्वरमा 'कस्तो मायालु' सार्वजनिक

रुपक डोटेलको स्वर रहेको गीत 'कस्तो मायालु'को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिबि थापाको शब्द र मनोज चौलागाईको संगीत रहेको छ । गीतमा संगीत संयोजन पनि मनोजले नै गरेका हुन् । 'लभ गुरु' एल्वममा समावेश रहेको गीतलाई बिबि थापा इन्टरटेनमेण्टले उत्पादन गरेको हो ।

यस्तै गणेश शाहीको निर्देशन रहेको भिडियोमा फराज अर्पणको छायाँकन र सम्पादन रहेको छ भने अञ्जु चौलागाई र कृष्ण के. बोहराको अभिनय रहेको छ ।  भिडियो भाका इन्टरटेनमेण्टले निर्माण गरेको हो ।