‘सही हो नी कान्छी’ सार्वजनिक

२०७९ आषाढ १२
‘सही हो नी कान्छी’ सार्वजनिक

‘सही हो नी कान्छी’ बोलको गीत सार्वजनिक गरिएको छ । रोशन गुरुङको स्वर रहेको गीतमा कुमार गुरुङको शब्द, ईन्द्र गुरुङको संगीत र चन्द्र गोर्खालीको संगीत संयोजन रहेको छ ।

यस्तै ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा हेरुका लामा, साया भण्डारी र प्रणव सुबेदीको अभिनय रहेको छ । सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियोमा हरी गोले लामाको छायाँकन र बाबु जिम्बाको निर्देशन रहेको छ ।

‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका लोकप्रिय गीतका गायक रोशन गुरुङले लामो समय पछि यो गत सार्वजनिक गरेका हुन् । गुरुङले बिगतमा चारवटा शोलो एल्बम सार्वजनिक गरिसकेका छन् ।

Kumari Bank
Aktor