Mansara

चलचित्र ‘साइँली’को दोस्रो गीत सार्वजनिक

२०७५ फागुन ८
चलचित्र ‘साइँली’को दोस्रो गीत सार्वजनिक

चलचित्र ‘साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार सामाजिक सञ्जाल युट्युबबाट ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कलाकारहरु दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंहलगायतलाई फिचर्ड गरिएको छ । यही गीतबाट सिनेमाका मुख्य पात्रको क्यारेक्टर पहिचान समेत गरिएको छ ।

गीतमा सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा संगीतकार गौतमको स्वर छ । बैदेशीक रोजगारीको कथामा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् भने हेमन्त राना र गौरव पहारीले निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् भने कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चैत्र १५ गतेलाई प्रदर्शन मिती तय गरिएको छ ।

Mahajatra