Mahajatra

चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक

२०७५ फागुन १९
चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक

चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ्ग राई केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको ट्रेलरमा ऋणमा डुबेर कसरी युवा विदेशिन बाध्य हुन्छन् भन्ने कुरा देखाइएको छ । दुई वर्ष अघि हेमन्त रानाले गाएको गीत ‘साइली’ हिट भएपछि त्यही गीतबाट चलचित्रको नाम राखिएको थियो । गीतको भिडियोमा पनि गौरव र मेनुकाको अभिनय रहेको छ । गीत विदेशिएका युवा लक्षित नै थियो ।

चैत १५ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रको लेखक समेत रहेका गुरुङले विहे गरेपछि श्रीमान बैदेशिक रोजगारीमा जानुअघिको कथा साइलीमा देखाइएको जनाएका छन् । गीतले भनिसकेको कथा फेरी भन्न आवश्यक नलागेकोले फरक ढंगबाट चलचित्रको कथा पस्किएको उनको भनाई छ ।

चलचित्रलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । विशाल गुरुङ र मोहन राना मगर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् ।