‘हामी छौं’ मार्फत अभिनयमा सलिना

सात प्रदेशका सात ब्यक्तिको सहयोगार्थ डकुड्रामा ‘हामी छौं’ निर्माण हुने भएको छ । निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर यो डकुड्रामा निर्माण गर्न लागेकी हुन् ।
आर्थिक रुपमा कमजोर, अशक्त मानिसलाई सहयोग गर्ने उद्देश्य राखिएको डकुड्रामा सात भाग लामो रहने छ । जसका लागि सात प्रदेशका सात जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिनेछ ।
सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने डकुड्रामाका फरक फरक एपिसोडलाई भिन्ना भिन्नै सात निर्देशकले निर्देशन गर्नेछन् । यद्यपी निर्देशकको टुङ्गो भने लागिसकेको छैन । ५० लाख अनुमानित बजेट छुट्याइएको डकुड्रामामा संगीत शम्भुजित बास्कोटाको संगीत र आनन्द अधिकारीको गीत रहनेछ ।
सलिना र आर्यन ड्रामाको छायांकनको लागि आगामी मेमा नेपाल आउँदैछन् । सलिना अस्ट्रेलियाको सिड्नी र आर्यन ब्रीज्बेनमा कार्यरत छन् ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral