पहिलो नेपाली एनिमेटेड चलचित्र ‘सलिना’को ट्रेलर सार्वजनिक
चलचित्र ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । चलचित्र अगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउदैछ ।
‘सलिना’ रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्रको सम्पुर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर चलचित्र भनिएको छ । चलचित्रका निर्देशक तेजस राज जोशी हुन् । चलचित्र निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन छ ।
‘सलीना’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उदेश्यले जन्म भएको राजकुमारी अन्यपात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा आगाडी बढेको छ ।
सेन्सरबोर्डबाट चलचित्रले यू सर्टिफिकेट पाएको छ । नेपाली भाषामा चलचित्र निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड चलचित्र बनेको हो । चलचित्र विशेष गरेर बालबालिका लक्षित भएपनि सर्बैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताए ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora