Missing Movie Online

अस्कर अवार्डमा नेपालबाट ‘शाम्बाला’ छनोट

२०८१ असोज ६
अस्कर अवार्डमा नेपालबाट ‘शाम्बाला’ छनोट

अस्कर अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर)द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमीको बिदेशी भाषी चलचित्र बिधाका लागि ‘शाम्बाला’ सिफारिस भएको हो ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अध्यक्ष राजु खत्री क्षेत्रीका अनुसार यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै रहेको छ । समितिका अनुसार चलचित्र ‘शाम्बाला’ले अस्कर अवार्डका सबै मापदण्डहरू पूरा गरेको छ।

चलचित्रको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक बुनोटलाई विशेष ध्यानमा राखी उक्त चलचित्रलाई प्रतियोगिताका लागि छनोट गरिएको उनले जनाए ।

Jwai Sap
Aktor
Kumari Bank