१८ वर्ष पछि पलेँटीमा गुन्जदै संगीता
गायिका संगीता राना प्रधान १८ वर्ष पछि साङ्गीतिक पलेँटी श्रृखलामा गुन्जने भएकी छिन । सन् २००७ मा पहिलो पटक पलेँटीमा प्रस्तुत भएकी संगीता यही अप्रिल २५ र २६ गुन्जने भएकी हुन् ।
संगीताले पलेँटीमा शास्त्रीय सङ्गीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ ।
१८ वर्ष अघि संगीताले गायिका तथा संगीतकार शान्ति ठटालसँग पलेँटीमा सहकार्य गरेकी थिइन । यसपटक एकल गायनको तयारीमा रहेकी संगीता उक्त सहकार्यलाई सम्झदै संगीता भन्छिन् – ‘शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म नोस्टाल्जिक बन्ने गर्छु ।’
केही ठुमरीमा भने २० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका सङ्गीतकार आभासले संगीतासँग सहकार्य गर्नेछन् । पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्न शमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन् ।
भिडियोमा हेर्नुस् १८ वर्ष अघि पलेँटीमा गुन्जदै गरेकी संगीता
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
