‘साङ्लो’को डान्सिङ गीत छायाँकन
बिराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’मा समाबेश हुने एक गीतको छायाँकन गरिएको छ । माघ २४ लाई प्रदर्शन मिति तय गरि प्रचारमा उत्रिएको यो चलचित्रको सार्वजनिक ट्रेलर र गीतमा दर्शकले देखाएको प्रतिक्रियालाई मध्यनजर नयाँ गीतको छायाँकन गरिएको बिराजले जनाएका छन् ।
छायाँकनरत् गीतमा सुरेश अधिकारीको संगीत, अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ । रामजी लामिछानेले कोरियोग्राफी गरिरहेको गीतमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । यसअघि ‘चरीले काफल टिप्यो’ बोलमा परम्परागत पहिरणमा देखिएको यो जोडी नयाँ गीतमा मोर्डन पहिरनमा देखिनेछ ।
डान्सिङ नम्बरको यस गीतबाट निर्माण पक्षले आशा बोकेको छ । २-३ दिनमा छायाऋकन सकाएर गीत छिट्टै नै सार्वजनिक गरिनेछ । विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा शिवम अधिकारीको लेखन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora