चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक
चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्टको अभिनय, निर्माण र डेब्यू निर्देशन रहेको चलचित्रको ट्रेलर एक्सन प्याक्ड छ । शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
किड्नी तस्करीको कथा बोकेको चलचित्र एक्सन लभस्टोरी जनरामा निर्माण भएको छ । चलचित्रमा अभिनेता भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको मुख्य भुमिका रहेको छ । माघ २४ गतेबाट प्रदर्शन हुने चलचित्रले बिराजको पुरानो क्रेज फर्काउने अपेक्षा राखिएको छ । बिराज कुनै समय नेपाली चलचित्रमा राज गरेका अभिनेता हुन् ।
चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारको अभिनय रहेको छ । विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्वनिर्देशन, मानकृष्ण महर्जनको छायाँकन, अर्जुन जिसीको सम्पादन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र शिवम अधिकारीको कथा छ ।
निकिता ‘मिस नेपाल २०१७’ हुन् । उनले यसै चलचित्रबाट ठुलोपर्दामा डेव्यु गरेकी हुन् । ट्रेलर रिलिज कार्यक्रममा उनले अभिनेता विराज भट्टसँग काम गर्न पाउनु आफ्नो लागि गर्वको कुरा रहेको बताइन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora