Missing Movie Online

शुक्रबारबाट पुनः प्रदर्शन हुँदै ‘सानो संसार’, बुधबार गरियो पुनः प्रिमियर

२०८१ कार्तिक ८
शुक्रबारबाट पुनः प्रदर्शन हुँदै ‘सानो संसार’, बुधबार गरियो पुनः प्रिमियर

शुक्रवारदेखि पुनः प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सानो संसार’को बुधबार पुनः प्रिमियर गरिएको छ । यसअघि लगातारको झरीले प्रदर्शन प्रभावित भएपछि ३ दिनमै हलबाट उतारिएको चलचित्रलाई पुनः प्रदर्शन गर्न लागिएको हो ।

बुधवार बेलुका क्यूएफएक्सको राइजिङ मलमा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, निर्देशक तुलसी घिमिरे, निर्माता छविराज ओझा, कलाकार हिमेश पन्तसहित केही हास्य कलाकारहरू तथा चलचित्रका अन्य कलाकारहरूको उपस्थिति रहेको शोलाई पुनः प्रिमियर शोको नाम दिइएके थियो ।

सिद्धार्थ पुडासैनी निर्देशित चलचित्र ‘सानो संसार’ले पहिलो प्रदर्शनका बेला नै उत्कृष्ट प्रतिक्रिया पाएको थियो । मध्यमबर्गिय परिवारको कथा भनेको चलचित्रलाई दर्शक र समिक्षक दुबैले उत्कृष्ट भनेका थिए । चलचित्रमा सीतादेवी तिमिलसेना, अञ्जसा रिजाल, अनु दाहाल, राज पङ्गेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, र शिशिर सिवाकोटी लगायतको प्रमुख भूमिका रहेको छ । चलचित्रका निर्माता अर्जुन कुमार र माधव वाग्ले हुन् ।

Jwai Sap
Aktor
Kumari Bank