‘सरौतो’को टिजर सार्वजनिक

लेन्सनेपाल २०७६ श्रावन ४
‘सरौतो’को टिजर सार्वजनिक

चलचित्र ‘सरौतो’को टिजर सार्वजनिक गरिएको छ । हरी हुँमागाईको डेव्यु निर्देशकिय चलचित्र ‘सरौतो’मा सन्नी सिंह, सुमी मोक्तान, आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम समशेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ ।

कार्तिक २२ गतेबाट प्रदर्शनको हुने जनाइएको चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन, उत्तम हुँमागाईको छायाँकन, राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द, संगीत, निलिसा शाक्य र निर्देशक हरी हुँमागाईको कोरियोग्राफी रहेको छ ।

एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।