सारिका र योगेशको ‘ऐसेलुको पात’

लेन्सनेपाल २०७६ बैशाख २६
सारिका र योगेशको ‘ऐसेलुको पात’

सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, संगीत र संगीत संयोजन रहेको गीतको भिडियोलाई सारिकाले नै निर्देशन गरेकी हुन् । भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ ।

विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । गीतको भिडियोलाई एस इन्टरटेनमेन्टलेसार्वजनिक गरेको हो ।