‘पूर्णबहादुरको सारंगी’को इतिहासलाई कमाइ खाने भाँडो नबनाउन निर्देशक पौडेलको आग्रह
आफूद्वारा सृजित सृजना अर्थात चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले कोरेको इतिहासलाई कमाइ खाने भाँडो नबनाउन निर्देशक सरोज पौडेलले आग्रह गरेका छन् । नेपाली चलचित्रको इतिहासमै सार्वधिक ब्यापार गरेको यस चलचित्रका निर्माता बिनोद पौडेलले आइतबार सक्सेस सेरोमनिको आयोजना गर्दै सिक्वेल निर्माणको घोषणा गरेका थिए ।
‘पूर्णबहादुरको सारंगी २’ निर्माणको घोषणा गरिएपनि चलचित्रका निर्माता बाहेक निर्देशक, लेखक, कलाकार लगायत अरु कसैको पनि नाम सार्वजनिक गरिएको थिइन । चलचित्रका निर्देशक तथा कथाकार सरोज पौडेलले सोमबार बिहानै सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सिक्वेल निर्माणमा आफ्नो असहमति जनाएका छन् ।
चलचित्रले कोरेको इतिहासलाई कमाइ खाने भाँडो नबनाउन आग्रह गर्दै उनले लेखेका छन् –
‘पूर्णबहादुरको सारंगी २ घोषणा भए पछि मैले पनि तपाई हरु संगै जानकारी पाएको छु । पूर्णबहादुरको सारंगी विशुद्ध मेरो स्टोरी आइडिया र निर्देशन मा बनेको फिल्म थियो, जसलाई दर्शकहरु ले अपार माया साथ दिएर ऐतिहासिक बनाइदिनु भएको छ, इतिहास घरी घरी कोर्न सम्भव हुँदैन, त्यही कारण मैले पूर्णबहादुरको सारंगीले कोरेको इतिहासलाई इतिहास नै बनाइ सम्मान पुर्वक राखौ, यसलाई कमाइ खाने भाडो बनाउन खोज्दा आफ्नै हात ले बनाएको इतिहास आफ्नै कारण भत्किन सक्छ, मैले यो फिल्म दोस्रो भाग मा काम गर्दैन भनिसकेको छु। सके सम्म २/३/४/६ बनाउन तिर नलागेर आफ्ना कथा हरु फरक शैली मा भन्नु पर्दछ, भन्ने मेरो मान्यतालाई नै निरन्तरता दिँदै छु, कोशे ढुङ्गा मार्फत मैले मेरो कथाहरु भन्दै छु । मलाइ बिना जानकारी मैले सृजना गरेका पात्र र मेरो कथालाई तन्काएर व्यापार गर्ने माध्यम नबनोस पूर्णबहादुरको सारङ्गी २, मैले काम नगरे पनि आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउनु होला, सारङ्गी १ ले स्थापित गरेको गरिमा जोगाउनु होला हार्दिक बधाई !’
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
